दाङ, ३० मंसिर । दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई किशोरको मृत्यु भएको छ। गएराति रा. १ क १३०७ नम्बरको टिपरले रा. २ प ५५८९ नम्बको मोटरसाइकललाई घोराही उपमहानगरपालिका– १० झारबैरा चोकमा ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार प्यूठानको झिमरुक गाउँपालिका–४ बाङ्गेका १७ वर्षीय विशाल जिसी र नौंबहिनी गाउँपालिका–६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको छ ।
उनीहरूको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोर मामा-भान्जा रहेको खुलेको पनि प्रहरीले जनाएको छ ।