Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २९ मंसिर । निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार काठमाडाैँको माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूले प्रदर्शन गरेका हुन् । प्रहरीले १४ महिला र १४ पुरुष गरी २८ जना नियन्त्रणमा लिएको छ ।

बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन् । उनीहरूले रत्नपार्कबाट र्‍याली निकालेर भद्रकाली पुगेका थिए । त्यहाँबाट माइतीघरतर्फ आउन खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *