विराटनगर भन्सारका तत्कालीन अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सामाजिक फीड, काठमाडौँ, १३ चैत्र । विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सारका तत्कालीन प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्माविरुद्ध ८४ लाख ५५ हजार ६ सय ५ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । यस्तै देव इन्टरनेशन प्रालिका […]
आयरल्यान्ड वल्भ्सविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

सामाजिक फीड, काठमाडौँ, १३ चैत । आयरल्यान्ड वल्भ्सविरुद्ध दुई खेलको टी–२० सिरिज नेपालले जितेको छ । नेपालले आयरल्यान्ड वल्भ्सलाई २–० ले सिरिज आफ्नो पक्षमा पारेको हो । मंगलबार कीर्तिपुर क्रिकेट मैदानमा भएको दोश्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले हराएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा वल्भ्स १९ औँ ओभरमा […]
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

सामाजिक फीड, बाँके, १३ चैत्र । बाँकेको कोहलपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार राति कोहलपुर नगरपालिका–१४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ। बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा बस्दै आएका […]
राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी महबुबसहित पाँच जनाले पाए सफाइ

सामाजिक फीड, काठमाडौँ, १२ चैत्र । स्पट फिक्सिङको आरोप लागेका राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई अदालतले सफाइ दिएको छ । सोमबार जिल्ला अदालत काठमाडौँले आलमसहित अलराउन्डर आदिल अन्सारीलगायतलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूमाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको छ । उनीहरूलाई गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० […]
पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा. यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड, काठमाडौँ, १२ चैत्र । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. यादवसहित तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष […]
नेपालसँग आयरल्याण्ड वोल्भ्स ६ विकेटले पराजित

सामाजिक फीडजनकपुरधाम, चैत्र १२ गते। नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ । आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । घरेलु टोलीका लागि ओपनर कुशल भुर्तेल ३७ र दिपेन्द्र सिंह ऐरी २० रनमा नटआउट रहे। कुशलले ३२ बलमा चार चौका हाने। दिपेन्द्रले १२ बलमा १ […]
वन तथा वातावरण राज्यमन्त्रीमा जसपाका दीपक कार्की नियुक्त

सामाजिक फीडजनकपुरधाम, चैत्र १२ गते। जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका सांसद दीपक कार्कीलाई प्रधान मन्त्री पुष्पकमल दहाल प्रचन्डले राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको हो। नयाँ गठबन्धन बने […]
चार्जमा जोडेर गेम खलिरहेका बेला मोबाइल पड्कियो, चार बालबालिकाको मृत्यु

सामाजिक फीड, भारत । भारतको मेरठमा मोबाइल पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । शनिबार राति मेरठस्थित मोदीपुरममा यो घटना भएको हो । चार्जमा जोडेको मोबाइलमा बच्चाहरू गेम खेलिरहेका थिए । सोही क्रममा मोबाइल पड्किँदा आगो निस्किएको थियो । ओछ्यान र झ्यालको पर्दामा सल्किएर आगो फैलिएर चार बालबालिका र उनीहरूका आमाबुबा समेत जलेका थिए । […]
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता

सामाजिक फीड, उदयपुर, ११ चैत्र । उदयपुरमा होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । आइतबार बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् । उनीहरू रङ खेलेर […]
१० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद्

सामाजिक फीड, बारा, ११ चैत्र । प्रहरीले बारामा १० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद् गरेको छ । बारा प्रहरीले शनिबार निजगढ नगरपालिका–१२ रामथलि टोलबाट गाँजा र गाँजा च्याप्ने मेसिन बरामद् गरेको डीएसपी दधिराम न्यौपानेले जानकारी दिए । गाँजा च्याप्न हाइड्रलिक मेसिन राखिएको फेला परेको थियो । त्यसमा च्यापिएर राखेको १० किलो गाँजा प्रहरीले […]