सामाजिक फीड,
बारा, ११ चैत्र । प्रहरीले बारामा १० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद् गरेको छ ।
बारा प्रहरीले शनिबार निजगढ नगरपालिका–१२ रामथलि टोलबाट गाँजा र गाँजा च्याप्ने मेसिन बरामद् गरेको डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
गाँजा च्याप्न हाइड्रलिक मेसिन राखिएको फेला परेको थियो । त्यसमा च्यापिएर राखेको १० किलो गाँजा प्रहरीले बरामद् गरेको हो ।