Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १२ चैत्र । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा‍. यादवसहित तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कामभन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपमा उनीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले दिएको रकममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

सहकारीले काम गरेको भन्दा ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बढी भुक्तानी दिएको उनीहरूमाथि आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *