Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

बाँके, १३ चैत्र । बाँकेको कोहलपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । सोमबार राति कोहलपुर नगरपालिका–१४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया श्रीमती सुशीला सुनारमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । आपसी विवादमा हत्या भएको प्रहरीले जनाएको छ।

बर्दियाको बाँसगढी घर भएका अनिल दम्पती बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा बस्दै आएका हुन् । गम्भीर घाइते भएकी सुशीलालाई नेपालगन्ज मेडिकल कलेजमा पुर्‍याएलगतै मृत घोषणा गरिएको थियौ ।

प्रहरीले अनिललाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *