Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, १२ चैत्र । स्पट फिक्सिङको आरोप लागेका राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई अदालतले सफाइ दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौँले आलमसहित अलराउन्डर आदिल अन्सारीलगायतलाई सफाइ दिएको हो । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरूमाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको छ । उनीहरूलाई गत वर्ष काठमाडौँमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरू गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

आदिलले नेपालबाट ६ ओडीआई र ८ टी-२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटर आदिल उक्त आरोपछि नेपाली टोलीमा छैनन् । आदिलले जनकपुर रोयल्सबाट खेल्ने क्रममा फार वेस्ट युनाइटेडविरुद्ध छैटौँ ओभरमा भएको नो बलले उनीमाथि स्पट फिक्सिङमा शंका गरिएको थियो ।

आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव महबुब आलमले गरेको आरोप लागेको थियो । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *