Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र १२ गते।

नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको छ ।

आयरल्याण्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६।१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

घरेलु टोलीका लागि ओपनर कुशल भुर्तेल ३७ र दिपेन्द्र सिंह ऐरी २० रनमा नटआउट रहे। कुशलले ३२ बलमा चार चौका हाने। दिपेन्द्रले १२ बलमा १ चौकमा र १ छक्का प्रहार गरे।

सन्दीप जोराले सर्वाधिक ३६ रनको योगदान दिए। ३५ बलमा ३ चौका र २ छक्का हानेका सन्दीप थोमस मयसको बलमा विकेट किपरको हातबाट क्याच आउट भए।

आशिफ शेख १६ रन बनाउँदा एलबीडब्लु धरापमा परे। गुल्सन झा ४ र कप्तान रोहित पौडेल शून्य रनमा आउट भए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा१ सय २१ रन बनाउँदा अलआउट भयो।

आयरल्यान्डका लागि ओपनर तथा विकेट किपर स्टेफन डोहिनीले बनाएको ४६ रन नै सर्वाधिक रह्यो। ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरेका स्टेफन चौथो ओभरको पहिलो बलमा कुशल भुर्तेलको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।

लियम म्याकार्टीले १६ रन बनाउँदा ललित राजवंशीको बलमा एलबीडब्लु धरापमा परे। थोमस मयस १६ रन बनाउँदा रन आउट हुन पुगे।

फियोन ह्यान्डले ११ रन बनाउँदा कुशल भुर्तेल कै बलमा दीपेन्द्रको हातबाट क्याच आउट भए।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

नेपालका लागि गुल्सन झा, कुशल भुर्तेल र ललित राजवंशीले समान २ विकेट लिए। करण केसी र कुशल मल्लले समान एक विकेट आफ्नो नाममा गरे।

सिरिजको दोस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *