Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

उदयपुर, ११ चैत्र । उदयपुरमा होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् ।

आइतबार बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका–१४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोशी गएका थिए ।

उनीहरूसँगै कोशीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । प्रहरीले बेपत्ता बालबालिकाको खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *