किशोरीमाथि सामूहिक बलात्कार र परिवारको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम भारतको एक अदालतले सन् २०२१ मा किशोरीमाथि सामूहिक बलात्कार र उनको परिवारको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। घटनामा संलग्न दोषीहरूले सार्वजनिक यातायातको प्रतीक्षामा रहेका किशोरी र उनको परिवारलाई मोटरसाइकलमा लिफ्ट दिएर एकान्त स्थानमा लगि सामूहिक बलात्कार गरेका थिए। प्रतिरोध गर्न खोज्दा किशोरीका बुबा र उनको […]
रेल दुर्घटनामा चार नेपाली नागरिकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । भारतको महाराष्ट्र राज्यको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपाली नागरिकको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, मृतक नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन्। दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु […]
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रौतहट बृन्दावन नगरपालिका–६ का विजय साह (३६), धनुषा धनुषाधाम नगरपालिका–४ की नेहा अधिकारी (३२) र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ की विवाह घले (४७) रहेका छन्। विजयले मलेसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ८० हजार […]
पाेखरीमा एक युवककाे शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्वरपुरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ। स्थानीय गगनदेव महराका २१ वर्षीय छोरा आँसु महराको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। पोखरीबाट शव निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका […]
चिसोको कारण श्वासप्रश्वासका बिरामी बढे

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका […]
धनुषामा घरेलु र सामाजिक हिंसाका घटनामा वृद्धि

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरू गम्भीर र संवेदनशील विषय बनेका छन्। यी घटनाहरूले समाजको स्वास्थ्य, विकास, र समृद्धिमा नकारात्मक प्रभाव पारिरहेको छ। घरेलु हिंसा वृद्धिघरेलु हिंसाका घटनाहरूमा पछिल्ला तीन वर्षमा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८३५ उजुरी दर्ता भएकोमा […]
मटिहानी नगरपालिकामा सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा गरेका थिए। प्रतियोगिता मटिहानी नगरपालिका वडा नं. ०६ स्थित मटिहानी रंगशालामा आयोजना भइरहेको छ, जसमा नगरपालिका अन्तर्गतका ५ माध्यमिक […]
अर्धनग्न अवस्थामा युवकको शव फेला

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । सोनमा गाउँपालिका वाड नम्बर २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि […]
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा ५५ सय विद्युतीय गाडी आयात

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालमा झन्डै ५५ सय वटा विद्युतीय गाडी आयात भएका छन्। भन्सार विभागले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, गत साउनदेखि पुससम्मको अवधिमा ५ हजार ४ सय ८० वटा विद्युतीय चारपाङ्ग्रे गाडी नेपाल भित्रिएका छन्। यो संख्या गत आर्थिक वर्षको पहिलो ६ महिनासँग […]
सरस्वती पूजाले कुम्हार समुदायको पेशामा पुनर्जागरण

सामाजिक फीड-जनकपुरधाम, माघ ७ गते । जनकपुरधाममा सरस्वती पूजाको चहलपहलले कुम्हार समुदायको परम्परागत पेशालाई पुनर्जागरणको अवसर प्रदान गरेको छ। धार्मिक र सांस्कृतिक महत्वले भरिपूर्ण यस पर्वका लागि सरस्वती मूर्तिहरूप्रति स्थानीयबासीको माग बढेको छ। कुम्हार समुदायका कलाकारहरूले परम्परागत शैलीलाई आधुनिकताको साथ मिश्रण गर्दै आकर्षक मूर्तिहरू तयार गरेका छन्। स्थानीय बजारहरूमा यी मूर्तिहरूको माग तीव्र रूपमा बढेको […]