सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका छवटा अध्यादेशमध्ये पाँचवटा अध्यादेशलाई जसपाले सकारात्मक रूपमा हेरे पनि भूमि सम्बन्धी अध्यादेशका सन्दर्भमा सुरू देखिनै फरक मत राख्दै आएको थियो।मंगलबार बसेको जसपा संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।सांसद मृगेन्द्रकुमार सिंहका अनुसार अन्य अध्यादेशहरूको पक्षमा मतदान गर्ने निर्णय भए तापनि भूमि सम्बन्धी अध्यादेशमा राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ।