Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ । तर, भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

त्यसैगरी, भोलि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ । बाँकी तराईका केही ठाउँहरूमा भने मध्यान्नसम्म कुहिरो हट्ने अनुमान गरिएको छ ।महाशाखाले यात्रु तथा सर्वसाधारणलाई मौसम परिवर्तनअनुसार आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *