Skip to main content

सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।

तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो।

कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा कोषाध्यक्ष अंजु कुमारी चयन भएका छन्।

त्यस्तै, सल्लाहकार समितिमा सितल प्रसाद यादव, महमद जैलुन राईन, रविन्द्र यादव, र हिरालाल साह रहेका छन्। अध्यक्ष दासले व्यवसायीहरूको हकहितका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *