Samajik Feed – News Portal from Nepal

मोटरसाइकल दुर्घटनामा पूर्वाधार मन्त्रालयका चालकको मृत्यु

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक ५० वर्षीय देवेन्द्र यादवको मृत्यु भएको छ। मृतक यादव धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सोहनीका बासिन्दा थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार बिहान कार्यालय जान लाग्दा विपरीत दिशाबाट विद्यार्थीले चलाएको मोटरसाइकलले यादवलाई ठक्कर […]

मधेश प्रदेशमा विवादित सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक फिर्ता

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । मधेश प्रदेश सभामा दुई दिनअघि पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ। शुक्रबार बसेको प्रदेश सभाको बैठकले चौतर्फी आलोचना र विरोधपछि उक्त विधेयक फिर्ता लिएको हो। विधेयक प्रदेश सभामा प्रस्तुत भएलगत्तै विवाद उत्पन्न भएको थियो। मधेश प्रदेशमा बोलिने विभिन्न भाषाहरूलाई समावेश नगरिएको भन्दै सांसदहरूले […]

४५० जनाले नि:शुल्क आँखा जाँच गराए, १४६ मा मोतियाबिन्दु पत्ता

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम । धनुषाधाम नगरपालिकाको सहयोगमा धनुषाधाम प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित नि:शुल्क आँखा जाँच शिविरमा ४५० जनाले आफ्नो आँखा परीक्षण गराएका छन्। शिविरको क्रममा १४६ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको छ। उनीहरूलाई शल्यक्रियाका लागि सगरमाथा चौधरी आँखा अस्पताल, लाहान पठाइएको छ। नगर प्रमुख बालेश्वर मण्डलले स्थानीय बासिन्दाले नि:शुल्क सेवा पाउँदा खुशी […]

किशोरीमाथि सामूहिक बलात्कार र परिवारको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड

gang-rape

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम भारतको एक अदालतले सन् २०२१ मा किशोरीमाथि सामूहिक बलात्कार र उनको परिवारको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ। घटनामा संलग्न दोषीहरूले सार्वजनिक यातायातको प्रतीक्षामा रहेका किशोरी र उनको परिवारलाई मोटरसाइकलमा लिफ्ट दिएर एकान्त स्थानमा लगि सामूहिक बलात्कार गरेका थिए। प्रतिरोध गर्न खोज्दा किशोरीका बुबा र उनको […]

रेल दुर्घटनामा चार नेपाली नागरिकको मृत्यु

तस्बिर : एजेन्सी

सामाजिक फीड-जनकपुरधाम, माघ १० गते । भारतको महाराष्ट्र राज्यको जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा चार नेपाली नागरिकको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार, मृतक नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन्। दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु […]

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा रौतहट बृन्दावन नगरपालिका–६ का विजय साह (३६), धनुषा धनुषाधाम नगरपालिका–४ की नेहा अधिकारी (३२) र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ की विवाह घले (४७) रहेका छन्। विजयले मलेसिया पठाइदिन्छु भन्दै एक पीडितबाट ८० हजार […]

पाेखरीमा एक युवककाे शव फेला

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-८ दिगम्वरपुरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ। स्थानीय गगनदेव महराका २१ वर्षीय छोरा आँसु महराको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ। पोखरीबाट शव निकालेर पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीका […]

चिसोको कारण श्वासप्रश्वासका बिरामी बढे

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् ।सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका […]

धनुषामा घरेलु र सामाजिक हिंसाका घटनामा वृद्धि

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । धनुषा जिल्लामा घरेलु र सामाजिक हिंसाका घटनाहरू गम्भीर र संवेदनशील विषय बनेका छन्। यी घटनाहरूले समाजको स्वास्थ्य, विकास, र समृद्धिमा नकारात्मक प्रभाव पारिरहेको छ। घरेलु हिंसा वृद्धिघरेलु हिंसाका घटनाहरूमा पछिल्ला तीन वर्षमा वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ८३५ उजुरी दर्ता भएकोमा […]

मटिहानी नगरपालिकामा सातौँ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु

सामाजिक फीड– जनकपुरधाम, माघ ८ गते। मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार सुरु भएको छ। प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा गरेका थिए। प्रतियोगिता मटिहानी नगरपालिका वडा नं. ०६ स्थित मटिहानी रंगशालामा आयोजना भइरहेको छ, जसमा नगरपालिका अन्तर्गतका ५ माध्यमिक […]