१५ हजार रुपैयाँ घुससहित कर्मचारी र लेखापढी व्यवसायी पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १९ गते । १५ हजार रुपैयाँ घुससहित बाराबाट कर्मचारी र लेखापढी कानून व्यवसायी पक्राउ परेका छन् ।मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको हो । जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ […]
सिरहामा चट्याङ लागेर ट्रक चालकको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत १७ गते । सिरहामा चट्याङ लागेर एक ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका– ८ अलटुकीका ४३ वर्षीय नेत्रकुमार गौतम छन् । ना ५ ख ३७२१ नम्बरको ट्रक लिएर मिर्चैया स्थित सौर्य सिमेन्ट इन्डिस्ट्रिजमा पुगेको बेला दिउँसो वर्षासंगै परेको चट्याङ लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले […]
जनकपुरधाममा आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजिक फिड-जनकपुरधाम,चैत १६ गते । भगवान रामको जन्मदिनकओ स्मरणमा रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा आज जनकपुरधामको राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिर लगायत मन्दिरमा बिहानैदेखि पूजार्चना गर्ने श्रधालु भक्तजनको घुइँचो लागेको छ । नकी मन्दिरले विभिन्न कार्यक्रम आयोजना गरको छ । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्वान रामको […]
आज चैती दशैं पर्व मनाइँदै

सामाजिक फिड-जनकपुरधाम, चैत १५ गते । आज जनकपुरधामसहित देशैभर चैती दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । आजको दिन जनकपुरधामको राजदेवी मन्दिरसहित देशभरका शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको भीड लागेको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व […]
धनुषामा बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । बालिका बलात्कार गरेको आरोपमा धनुषाबाट एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा३५ वर्षीय शिक्षक दीपेन्द्र यादव छन् । सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ […]
बाघको आक्रमणबाट महतो गम्भीर घाइते

सामाजिक फिड-जनकपुरधाम, चैत १० गते । पर्सामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिका २ का सुदामा महतो छन् । दाउरा लिन जंगलमा गएको बेला महतोलाई बाघले आक्रमण गरेको हो । महतोको घाँटीमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते महतोको वीरगञ्जस्थित नारायणी अस्पतालमा […]
पंकज चौधरीलाई धरौटीमा जेलमुक्त गर्न उच्च अदालतको आदेश

सामाजिक फिड-जनकपुरधाम, चैत ९ गते । उच्च अदालत जनकपुरले डा.पंकज चौधरीलाई तीनलाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । राजिष्टार खडगराज अधिकारीका अनुसार बिहीबार इजलास नम्बर ३ का न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो । दाइजोसम्बन्धी कसूरमा महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको […]
डाँका गरेर फरार रहेका चौधरी २० वर्षपछि पक्राउ

जनकपुरधाम,चैत ७ गते । सप्तरीमा डाँका मुद्दाका फरार प्रतिवादी ६५ वर्षीय फुल कुमार चौधरी २० वर्ष पछि पक्राउ परेका छन् । बोदेरबसाईन नगरपालिका ३ का स्थायी बासिन्दा चौधरी २७ जेठ २०५८ सालमा सप्तरीको साबिक फुलकाही गाविस ६ बस्ने सुर्य नारायण पाल समेतको घरमा डकैती गरेको अभियोग छ । सप्तरी जिल्ला अदालतले १० चैत २०७१ मा […]
सप्तरीबाट पेस्तोलसहित दुई युवक प्रहरीको फन्दामा

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ नेपाल भारतसीमा क्षेत्रबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छिनमस्ता गाउँपालिका २ महुवा बस्ने २८ सोनु राय र राजबिराज नगरपालिका १ डुमरी बस्ने २८ वर्षीय रोशन यादव छन् । आइतबार दिउँसो करिब १ बजे सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाडोखोला स्थित नेपाल […]
हवाई फायर गरी १८४ किलो गाँजा बरामद

सामाजिक फिड-जनकपुरधाम, चैत ५ गते । हवाई फायर गरी प्रहरीले सप्तरीबाट १८४ किलो गाँजा बरामद गरेको छ । .सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोवरगाडा छतौनीबाट इलाका प्रहरी कार्यालय हनुमाननगर कंकालिनीका प्रहरी टोलिले १८४ किलो गाँजा बरामद गरेको हो । शनिबार राति ९ बजे घोडामा बोकेर गाँजा भारत तर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी टोलिलाई देखेपछि तस्करहरु […]