Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम ,पुस २७


मधेस प्रदेश क्रिकेट संघले मधेश क्रिकेट लिग र मधेश प्रदेश स्तरीय बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।


संघको बैठकले गरेको विभिन्न ६ बुँदे निर्णय शुक्रबार सार्वजनिक गरेको छ ।


संघले मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतको लागि पवन दासलाई चयन गर्ने निर्णय गरेको छ ।


यस्तै, अनिल चौगाईको संयोजकत्वमा मुकेश साह र निरज सिंह रहने गरि मधेश प्रदेशको टेक्निकल कमिटि गठन गर्ने निर्णय गरिएको संघले जनाएको छ ।


प्रधानमन्त्री कप पुरुष अर्न्तगत मधेश प्रदेशको टिम व्यवस्थापकमा कोषाध्यक्ष सुभाष जयसवाललाई तोक्ने निर्णय गर्ने, यु १९ महिला छनौटकोलागि बन्द प्रशिक्षण महोतरीको जलेश्वरमा महोतरी जिल्ला क्रिकेट संघसंगको सहकार्यमा गर्ने, मधेश प्रदेशको सिनियर कप्तानमा हरिशंकर साह र उपकप्तानमा पवन सर्राफलाई चयन गर्ने निर्णय गरेको हो ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *