समाजिक फीड
जनकपुरधाम, माघ २ गते ।
जनकपुर–जयनगर रेलमा सवार एकजना यात्रीको मृत्यु भएको छ ।
महोत्तरीको लोहरपट्टी नगरपालिका–४ स्थित खुटापिपरारीका ५० वर्षीय रामएकवाल पण्डितको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुर्था र जनकपुर रेल्वे स्टेशनको बीचमा विहान करिब ९ बजे रेलभित्रै अचानक उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
‘टिटीले पैसा मागेपछि उनी सिटबाट उठेछन् । खल्तीबाट पैसा निकाल्ने क्रममा आफै अचानक ढलेको यात्रुले हामीलाई बताएका छन्,’ समाजिक फीडसँग उनले भने ।
हृदयघातबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यद्दपी पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै मृत्युको कारण खुल्ने डिएसपी अवाले बताए ।
पण्डितको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।