समाजिक फीड
जनकपुरधाम, पुस २६ गते ।
धनुषाको जलाद खोलाबाट अवैध रुपमा गिटी–बालुवा उत्खनन गरी ढुवानी गरिरहेको ७ वटा टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
मिथिला नगरपालिका–४ स्थित जलाद खोलामा अनुमति बिना नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ती टयाक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको गस्ती टोलिले ती टयाक्टरहरु नियन्त्रणमा लिको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार प्र २-०२-००१ त २०४९, प्र २-०२-००१ त १६५४, प्र २-०२-००१ त १५२२, प्र २-०२-००१ त १९२, ज १ त ४४७७, ज १ त ४२४८ र ज १ त ९७९७ नम्बरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिइएको हो ।
ती टयाक्टरहरु ईलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।