Skip to main content

समाजिक फीड

काठमाडौं, पुस २३ गते ।


सर्वोच्च अदालत परिसरमा न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले आत्मदाहको प्रयास गरेकी छन्। आइतबार मध्यान्ह उनले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश कार्यालय प्रवेश गरे लगत्तै रावलले पेट्रोलियम पदार्थ रहेको ग्यालिङबाट शरिरमा तरल पदार्थ छर्की आत्मदाहको प्रयास गरेकी हुन्।
अहिले उनलाई उद्धार गरी प्रहरीले वीर अस्पताल लगेको छ।

आरतीले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन्। गिरीलाई थुनामा राख्न उनले माग गर्दै आएकी छन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो।
पक्राउ परेका गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा छोडेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *