Samajik Feed – News Portal from Nepal

महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सामाजिक फीड–जनकपुरधाम, जेठ २ गते । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाका ५ वर्षीय छोरा आसिक सदा रहेका छन् । सोमबार साँझ करिब ६ बजे बालक घर नजिकैको पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । अवस्था सिकिस्त रहेका बालकलाई मोटरसाइकलमा राखेर उपचारका लागि […]

महोत्तरीबाट पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

सामजिक फीड-जनकपुरधाम, बैशाख ३१ गते । महोत्तरीबाट पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्लाको बाजोपट्टी गाउँ वडा नं. ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीका अनुसार शनिबार राति पौने ९ बजेको समयमा महोत्तरीको एकडरा गाउँपालिका ४ […]

भोज खाएको निहुमा महोत्तरीमा दलित किशोरलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३१ गते । महोत्तरीमा दलित समुदायका किशोरलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परका छन् । कथित उपोल्लो जातसित भोज खाएको निहुमा दलित किशोरमाथि कुटपिट गर्ने महोत्तरीको गौशाला नगरपालिका–१ का ४० वर्षीय रामबिनेक यादव पक्राउ परेका हुन् । गाउँकै एक भोजमा १७ वर्षीय दलित समुदायका किशोर अविनाश पासवानलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ […]

कथित उपल्लो जातसंगै बसेर भोज खाएको निहुमा महोत्तरीमा एक किशोर कुटिए

सामाजिक फीड– जनकपुरधाम, बैशाख ३० गते । कथित उपल्लो जातसित बसेर भोज खाएको भन्दै महोत्तरीमा भोज खाएको निहुमा एक दलित किशोर कुटिएका छन् । महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमानमाथि कुटपिट भएको हो । आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका […]

धनुषाको विभिन्न ठाउँबाट चोरी आरोपमा ७ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । चोरी आरोपमा धनुषाको विभिन्न स्थानबाट ७ जना फक्राउ परेका छन् । चोरी गर्दै गर्दा, चोरी गरेर फरार रहेका लगायतको घटनामा ७ जनालाई पक्राउ गरी बिहिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले चोरहरुलाई […]

सिरहाबाट १४ किलो गाँजासहित दुई युवक प्रहरीको फन्दामा

सामाजिकफीड – जनकपुरधाम, बैशाख २५ गते । सिरहाबाट १४ किलो गाँजासहित दुई युवक प्रहरीको फन्दामा परेका छन् । गोलबजार-१ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वडा नं. २ का ३६ वर्षीय श्यामकुमार साह प्रहरीको फन्दामा परेका हुन् । गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८४० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गोलबजारका […]

जनकपुरको पोखरी जुम्ल्याहा दुईबालकको ज्यान गयो

सामाजिक फिड- जनकपुरधाम, बैशाख २३ गते ।  जनकपुरको एक पोखरीमा डुबेर एकै परिवारका दुई बालकको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अंसारीका जुम्ल्याहा द्वय ९ वर्षीय मोहमद अल्कामा अंसारी र मोहमद अब्दुल अंसारी रहेको ज्यान गएको हो । शनिबार साँझ करिब सवा ७ बजेको समयमा वडा नं. –२४ बसहियास्थित गोगल प्रसाद नमुना मावि […]

जनकपुरबाट फरार कैदी पक्राउ

सामाजिक फिड-जनकपुरधाम, बैशाख १९ गते । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक कैदी पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्णा यादवलाई २५ दिन पश्चात प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका ३ स्थित मलिबारामा लुकीछिपी […]

जनकपुरबाट दुई चोर पक्राउ

टुडेपाटी-जनकपुरधाम, बैशाख १८ गते । जनकपुरबाट दुई चोर पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ संकटमोचन मन्दिर पछाडि रहेको जितेन्द्र ठाकुरको घरमा चोरी गर्ने क्रममा दुई चोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुई चोर फरार भएका छन् । घरमा कोही नगरेको मौकाछोपी आइतबार मध्य राति मूल ढोकाको ताला फोडेर घरको दोश्रो तल्लामा चारजना […]

धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर आफ्नै १४ महिने नातिनीको मृत्यु

सामाजिक फिड– जनकपुरधाम, बैशाख १७ गते । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हंशपुर नगरपालिका ९ रुदौली बस्ने बिरेन्द्र मण्डलकी छोरी १४ महिने लक्ष्मीनिया कुमारी छन् । धनुषाको हंशपुर नगरपालिकाकि उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर यस्तो घटना भएको हो । […]