समाजिक फीड
जनकपुरधाम , माघ ९ गते ।
बारा प्रहरीले अबैध चाँदी सहित दुई जनालाई पक्राउ गरेका छन ।
५३ तोला चाँदी सहित जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा चेक जाँचको क्रमा पथलैयाबाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–५ बस्ने गुजराज विक र इटहरी नगरपालिका–३ बस्ने बद्री विक रहेका छन्।
वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०२–०२७ प १८५१नम्बरको स्कुटरलाई जाँच गर्दा फर्जी बिल भेटिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीसहित उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले बताए ।
पक्राउ परेका दुबै जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए ।