समाजिक फीड
जनकपुरधाम, माघ ८ गते ।
पत्रकार राजकरण महतोलाई दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।
अन्नपुर्ण पोष्ट दैनिकका वरिष्ठ संवाददाता समेत रहेका महतोलाई आइतवार भैया, मार्सिया, बिहारी जस्ता अपशब्द बोल्दै सुन्दरीमाई यातायातको गाडी चालक र सह–चालकले दुव्र्यवहार गरेका थिए ।
माघ ७ गते काठमाडौंको तिनकुने स्थित सडक किनारामा यात्री प्रतीक्षालयमा रोकी राखेको सुन्दरीमाइ यातायातको गाडीको चालक तथा सह–चालकले महत्तोलाई मार्सिया, विहारी जस्ता अपमानजनक शब्द प्रयोग गर्दै कुटपिटको प्रयास समेत गरे पछी पत्रकार महत्तोले आयोगमा कारवाहीको लागि उजुरी दिएका थिए ।
सो उजुरी दर्ता भएपछी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा आयोगले सो गाडीका चालक तथा सह–चालक लाई यथाशिघ्र नियन्त्रणमा लिएर कडा कारवाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता नश्लीय व्यवहारका घटना बारम्बार दोहरिनुले राज्य र अन्य समुदायको मधेशी समुदाय प्रतिको दृष्टिकोण लाई झल्काएको बताएका छन् ।
आयोगले बारम्बार यस्ता घटनाका दोषीहरुलाई कडा(कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन वा पत्राचार गरेपनि सम्बन्धित निकाय गम्भीर नहुनु दुखद रहेको समेत अध्यक्ष डा.दत्तले बताएका छन् ।