समाजिक फीड
जनकपुरधाम ,माघ ७ गते ।
अत्यधिक जाडोका कारण मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । शनिबार विहानैदेखि लागेको बाक्लो हुस्सु र चलेको सीतलहरले चिसो बढेको छ ।
माघको सुरु सातादेखि जनकपुर लगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो ।
केही दिन अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि दिउँसो पारिलो घाम लाग्न थालेको थियो । तर अहिले दिनभर बाक्लो हुस्सु लाग्न थालेको छ ।
कठ्याङ्ग्रिँदो चिसोमा पराल ओछ्याएर सुत्न बाध्य दलित तथा अतिविपन्न परिवार प्रभावित भएका छन् । विपन्न परिवार अहिले परालको भरमा रात बिताउन बाध्य छन् ।
विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवती शीतलहरबाट बढि प्रभावित छन् ।
गाउँघरमा घुर तापेर जाडो छल्ने गरिएको छ । अत्यधिक जाडोले घर बाहिर निस्कन मुस्किल भएको छ । दैनिक गरिने कामकाजमा बाधा पुगेको छ ।