Skip to main content

समाजिक फीड

जनकपुरधाम, माघ १० गते ।

महोत्तरीमा सालनाल सहित नवजात शिशु मृत फेला परेको छ ।

पिपरा गाउँपालिका–५ स्थित चाँदनी चोकको पोखरीमा सालनाल सहित नवजात शिशु मृत अबस्थामा फेला परेको हो।

शिशुको लाश पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार पहिचान नखुलेको ६/७ महिनाको छोरी मान्छे मृत अवस्थामा रहेको खबर सोहि वडाका वडाध्यक्षले जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जानकारी गराएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *