Samajik Feed – News Portal from Nepal

समाजिक फीड

वीरगञ्ज, माघ ७ गते ।

वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ ।

आइतवार विहान वीरगञ्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा भएको भएको उक्त दुर्घटनामा दुबै जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मृतकहरु धनुषाको धनुषाधाम नगरपालिका–५ का सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव रहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएकर दुर्घटना भएको हो ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!