समाजिक फीड
जनकपुरधाम, माघ ९ गते ।
पछिल्लो ६ महिनामा रौतहटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी माधव रेग्मीका अनुसार छुट्टाछुट्टै टोलीले यस आर्थिक वर्षको गत ६ महिनामा नेपाली र भारु सहित २४ लाख भन्दा बढी अवैध रकम बरामद गरेको हो ।
गत असार २२ गते देखि माघ ५ गतेसम्म स्रोत नखुलेको नेपाली रुपैँया १५ लाख ७६ हजार ८७५ र भारतीय रुपैँया ५ लाख २२ बरामद गरेको एसपी रेग्मीले जानकारी दिए ।
यस अवधिमा सशस्त्र प्रहरीले हुन्डी कारोबारमा संलग्न ६ जना मानिस र ३ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद रकम, मोटरसाइकल सहित मानिसलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।
हुण्डी कारोबार भइरहेको सूचनापछि सशस्त्र प्रहरीले रौतहटमा यसको नियन्त्रण अभियान चलाइरहेको छ ।