Samajik Feed – News Portal from Nepal

पाकिस्तानमा विस्फोट, २५ जनाको मृत्यु

कराँची । पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । अन्य ४२ जना घाइते भएका छन् । निर्वाचनको अघिल्लो दिन पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको हो । विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । क्वेटामा एक लेवी फोर्सका अधिकारीले बलुचिस्तान विधान सभा सीट पीबी–४७ पिशिनका स्वतन्त्र उम्मेदवार इसफन्दियार […]

पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण, १० सुरक्षाकर्मीको मृत्यु

सामाजिक फीड, पाकिस्तान । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा भएको आक्रमणमा १० सुरक्षाकर्मीको मृत्यु भएको छ । पाकिस्तानमा आम चुनावमा मतदान हुनुभन्दा केही दिनअघि नै उम्मेदवार र पार्टीका समर्थकमाथि दर्जनौँ आक्रमण भइसकेका छन् । चौकीमा ३० भन्दा बढी आक्रमणकारीले तीन दिशाबाट हमला गरेको खैबर पख्तुनख्वा प्रान्तका प्रहरी प्रमुख अख्तर हयात गण्डापुरले बताए । साढे दुई […]

अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन

भारत । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । गएराति उनको मृत्यु भएको हो । ३२ वर्षीय पाण्डे सर्भिकल क्यान्सरबाट पीडित थिइन् । पुनमले सन् २०१३ मा नशा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । पुनम भारतकी नाम चलेकी मोडल हुन् । सन् २०११ मा क्रिकेट विश्व कप फाइनलअघि ‘भारतले फाइनल खेल जित्यो […]

इमरानमाथि सजायको शृंखलाः उपहार बेचेको आरोपमा १४ वर्ष जेल

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो । बुधबार नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले खान र उनकी श्रीमती बुशरा बिबीलाई १४ वर्ष जेल सजाय […]

गाजामा इजरायलको आक्रमणमा २६ हजार बढी प्यालेस्टाइनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १४ गते । इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र ६५ हजार ८७ घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ हजार बालबालिका र ७ […]

बिहारका मुख्यमन्त्री नीतीशकुमारद्वारा राजीनामा

बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् । बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । गठबन्धन फेरेर फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड […]

चीनमा भिषण पहिरो : ३९ जनाको मृत्यु, पाँच बेपत्ता

एजेन्सी जनकपुरधाम, माघ १२ गते । चीनको पहाडी क्षेत्रमा गएको भिषण पहिरोमा ३९ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएको छ । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा आएको उक्त विपदमा परी अझै पाँच जना बेपत्ता छन् । चिसो तापक्रम […]

इजरायलको बम हमलामा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु

एजेन्सी जनकपुरधाम, माघ १० गते । इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु भएको छ । खान युनिस शहरमा इजरायलले गरेको लगातारको बम हमलामा ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हमलामा थुप्रै जना घाइते भएका छन् । इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । इजरायलले […]

अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्या । उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा विधि सम्पन्न भएको छ । सोमबार मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा पूजामा मुख्य भूमिका निर्वाह गरेका थिए । प्राण प्रतिष्ठालगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडयाल, […]

अमेरिकामा हिमआँधीले ठूलो जनधनको क्षति, मृतकको संख्या ८९ पुग्यो

अमेरिका । अमेरिकामा हिमआँधीका कारण मृत्यु हुनेकाे संख्या ८९ पुगेको छ । हिम आँधीका कारण पछिल्लो एक हप्तामा ठूलो जनधनको क्षति भएको छ । अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ । ओरेगनमा मृत्यु हुने सङ्ख्या १६ पुगेको छ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ । देशभरमा कयौँ स्थानमा दसौँ हजार मानिसहरू […]