Samajik Feed – News Portal from Nepal

कराँची । पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । अन्य ४२ जना घाइते भएका छन् । निर्वाचनको अघिल्लो दिन पिसिन जिल्लाको खानुजई क्षेत्रमा एक उम्मेदवारको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको हो ।

विस्फोटको जिम्मेवारी कसैले लिएको छैन । क्वेटामा एक लेवी फोर्सका अधिकारीले बलुचिस्तान विधान सभा सीट पीबी–४७ पिशिनका स्वतन्त्र उम्मेदवार इसफन्दियार काकरको निर्वाचन कार्यालय बाहिर विस्फोट भएको पुष्टि गरेका छन् । बम विस्फोट हुँदा निर्वाचन कार्यालयबाहिर ठूलो सङ्ख्यामा मानिसहरू उपस्थित थिए । खानुजाई बलुचिस्तानको राजधानी क्वेटाबाट ४० किलोमिटर टाढा छ ।

पिसिन जिल्लाका अन्य केही क्षेत्रमा पनि बम विस्फोटका घटना भएका छन् । तर खानुजाई क्षेत्रमा भने यो पहिलो घटना हो । पाकिस्तानमा बिहीबार आम निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!