Samajik Feed – News Portal from Nepal

एजेन्सी

जनकपुरधाम, माघ १० गते ।

इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा एकै दिन ४० जना प्यालेस्टेनीको मृत्यु भएको छ ।

खान युनिस शहरमा इजरायलले गरेको लगातारको बम हमलामा ठूलो संख्यामा हताहती भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

हमलामा थुप्रै जना घाइते भएका छन् । इजरायलले गाजाको वेष्ट बैंकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ ।

इजरायलले हमासका कमाण्डरहरु लुकेर बसेको आशंकामा खान युनिस शहरमा आक्रमण गरेको बताएको छ ।

युद्धको मारमा परेका सर्वसाधारण आश्रय लिइ बसेको स्थल लक्षित गरेर गरिएको आक्रमणलाई नरसंहारको रुपमा लिइएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघा राहत प्रमुख मार्टिन ग्रिफिथ्सले खान युनिस शहरमा गरिएको इजरायली हमला निकै नै घातक भन्दै अस्पतालमा कार्यरत व्यक्तिहरु पनि निशानामा परेकोमा खेद व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!