बिहार । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । उनले राजभवन पुगेर राज्यपाल राजेन्द्र अरलेकरसमक्ष राजीनामा बुझाएका हुन् ।
बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । गठबन्धन फेरेर फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड र केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टीबीच बिहारमा नयाँ सरकार गठनबारे सहकार्य हुनसक्ने जनाइएको छ । राजभवनमा नयाँ मुख्यमन्त्रीको शपथको तयारीसमेत भइरहेको बताइएको छ ।