Samajik Feed – News Portal from Nepal

अयोध्या । उत्तर प्रदेशको अयोध्यास्थित राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा विधि सम्पन्न भएको छ । सोमबार मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा पूजामा मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्राण प्रतिष्ठालगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडयाल, शंकर महादेवनलगायत गायक-गायिकाले राम भजन गाएका थिए । प्राण प्रतिष्ठा कार्यक्रम दिउँसो १२ः३५ देखि १ः१५ बजेसम्म चलेको थियो ।

राम मन्दिर ७.२ एकड जग्गामा बनेको छ । मन्दिरको पूरै जग्गा भने ७० एकड छ । तीन तले राम मन्दिर बनाउन झन्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको छ । मन्दिरको गर्भगृहमा सवा चार फिट अग्लो रामको मूर्ति राखिएको छ ।

आजको समारोहलाई मध्यनजर गरी सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भगवान रामको प्राण प्रतिष्ठामा सहभागी हुन धर्मगुरुहरू, साधुसन्तका साथै राजनीतिकर्मी, बलिवुड कलाकार, खेलाडी, व्यावसायीलगायत विभिन्न निकायका व्यक्तिहरू सहभागी भएका छन् । जनकपुरधामको जानकी मन्दिरका महन्त रामतपेश्वर दास, सहायक महन्त राम रोशन दास, पशुपति मन्दिरका पुजारी गणेश भट्ट लगायतलाई पनि अयोध्या पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!