एजेन्सी
जनकपुरधाम, माघ १२ गते ।
चीनको पहाडी क्षेत्रमा गएको भिषण पहिरोमा ३९ जनाको मृत्यु भएको छ ।
दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी ३९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रय संचारमाध्यमले जनाएको छ ।
युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा आएको उक्त विपदमा परी अझै पाँच जना बेपत्ता छन् ।
चिसो तापक्रम र हिमपातको बीचमा उनीहरुको खोजी तथा उद्धार कार्य भइरहेको छ ।
घटनास्थलमा एक्साभेटर, ड्रोन र उद्धार गर्ने कुकुरको सहयोगमा १ हजार भन्दा बढी उद्धारकर्ताले काम गरिरहेका छन् ।
आपतकालीन व्यवस्थापन मन्त्रालयका अनुसार बाँचेका दुई जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।