Samajik Feed – News Portal from Nepal

भारत र क्यानडाबीच विवाद, भारतद्वारा क्यानडा भिसा बन्द

एजेन्सी । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्काे सूचना जारी नभएसम्मका लागि भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बीएसएल इन्टरनेशनल सर्भिसेजले जनाएको छ । केही समयदेखि बीएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका लागि भिसा, राहदानी, ‘कन्सुलर’ र प्रमाणीकरण प्रबन्ध गर्दै आएको […]

क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न भारतको अल्टिमेटम

एजेन्सी– जनकपुरधाम, असोज २ गते । क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध खराब हुँदै गएको छ ।  भारतले पनि क्यानडाली कूटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको हो । क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गर्ने २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यस लगतैमंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एक […]

मोरक्कोमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुग्यो

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ । भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरू अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरू सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै […]

सूर्यको अध्ययन गर्न भारतद्वारा ‘आदित्य-L1’ प्रक्षेपण

बीबीसी । भारतले सूर्यको अनुसन्धान गर्न ‘आदित्य L1’ यान सफलतापूर्वक प्रक्षेपण गरेको छ। दक्षिण भारतमा पर्ने श्रीहरिकोटाबाट शनिबार यो यान प्रक्षेपण गरिएको हो । भारतीय अन्तरिक्ष निकाय इसरोले अन्तरिक्ष यान रकेटबाट छुट्छिएर आफ्नो लामो यात्रा सुरु गरिसकेको जनाएको छ। सूर्य मिसन भए पनि यो अन्तरिक्ष यान सूर्यको नजिकै भने जाने छैन । आदित्य-L1 पुग्नु पर्ने […]

भारतको अरुणाचल प्रदेश समेटेर चीनले जारी गर्‍यो नयाँ नक्सा

बीबीसी । चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरेको छ। चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ। उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द […]

भारतको मिजोरममा निर्माणाधीन पुल भत्कियो, २६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ । एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । […]

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते […]

भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु

रासस/एएफपी-जनकपुरधाम, भदौ ५ गते । भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो। भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताएका छन्। सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको […]

बिहारमा एक पत्रकारको गोली दागेर हत्या

एजेन्सी-जनकपुरधाम, भदौ १ गते । सीमावर्ती भारतको बिहार राज्यको अररिया जिल्लामा एक पत्रकारको गोली हानी हत्या गरिएको छ । बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो । चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएको […]

अमेरिकामा भीषण डढेलो, मृत्यु हुनेको संख्या ९३ पुग्यो

एजेन्सी, २९ साउन । अमेरिकाको जंगलमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अमेरिकाको हवाईको जंगलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । आगलागीमा परी सयौँ मानिस घाइते भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा […]