Samajik Feed – News Portal from Nepal

एजेन्सी । मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २१ सय पुगेको छ ।

भूकम्प गएको दुई दिनपछि त्यहाँका उद्धारकर्ताहरू अझै जीवित मानिसको खोजिमा जुटेका छन् । उद्धारकर्ताहरू सबैभन्दा प्रभावित क्षेत्रमा पुग्न अझै नसकेको बताइएको छ । भूकम्पका कारण सडक र पुलहरु अवरुद्ध भएका थिए । भूकम्पले बढी प्रभावित भएको सानो शहर अमिज्मिजमा जताततै भूकम्पले प्रभावित भग्नावशेष रहेको बताइएको छ ।

मुख्य सडकको छेउमा रहेको खुला ठाउँमा स्थानीय बासिन्दाहरूलाई विश्राम गर्नको लागि अस्थायी टेन्टहरू राखिएको छ । अहिलेसम्म उनीहरूले पराकम्पको डरका कारण सडकमै रात बिताइरहेका छन् ।

रेडक्रस सोसाइटी अफ चाइनाले शनिवार मोरक्कन रेड क्रिसेन्टलाई उद्धारको लागि २ लाख अमेरिकी डलर सहयोग गरेको छ । अरब लिग, इजिप्ट, यूएई, प्यालेस्टाइन, साउदी अरेबिया, कतार, ट्युनिसिया, लेबनान र लिबियालगायतका देशले पनि सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!