एजेन्सी । भारतको उत्तर पूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ ।
एक प्रहरी अधिकारीका अनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो । मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् ।