Skip to main content

रासस/एएफपी-
जनकपुरधाम, भदौ ५ गते ।

भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो।

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताएका छन्।

सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो।

‘बिजुलीप्रसाद’ नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो। 

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो।

बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो। पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुनसक्ने सरमानको अनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *