Samajik Feed – News Portal from Nepal

एजेन्सी, २९ साउन । अमेरिकाको जंगलमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या ९३ पुगेको छ । एक सातादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अमेरिकाको हवाईको जंगलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । आगलागीमा परी सयौँ मानिस घाइते भएका छन् । अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरू जलेका छन् भने सयौँ सवारी साधान पनि आगजानीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानीसमेत नहुदाँ मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांश मानिसले घर छाडेर हिँडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!