Samajik Feed – News Portal from Nepal

एजेन्सी-
जनकपुरधाम, भदौ १ गते ।

सीमावर्ती भारतको बिहार राज्यको अररिया जिल्लामा एक पत्रकारको गोली हानी हत्या गरिएको छ ।

बिबिसी हिन्दीका अनुसार हिन्दी पत्रिका दैनिक जागरणका स्थानीय रिपोर्टर विमलकुमार यादवको शुक्रबार बिहानै घरभित्र पसेर अज्ञात गोली हानेका हो ।

चार जनाको समूह विमलको घरबाहिर आएर बेस्सरी चिच्याएको र उनी बाहिर निस्किएपछि गोली हानेर फरार भएको अररियाका एसपी अशोककुमार सिंहले समाचार एजेन्सी पिटिआईसँग भनेका छन् ।

गोली लागेका विमलको घटनास्थलमै मृत्यु भएको छ ।

सन् २०१९ मा विमलका भाइको पनि हत्या भएको थियो । उक्त हत्याका एकमात्र साक्षी विमल थिए । विमललाई अदालतमा बयान फेर्न धेरै पटक दबाब आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!