Samajik Feed – News Portal from Nepal

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ ।

भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते दक्षिण भारतको आन्ध्र प्रदेशस्थित सतिश धावन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो । ‘एलभीएम–३’ रकेटले अन्तरीक्षयानलाई अन्तरिक्षमा पुर्‍याएको थियो ।

भारतले अन्तरिक्षयानलाई चन्द्रमाको अर्बिट (कक्ष) मा सफलतापूर्वक पु¥याएको यो तेस्रो पटक हो । इसरोले यसअघि नै अगस्ट ५ मा ‘चन्द्रयान–३’ चन्द्रमाको कक्षमा पुग्ने बताएको थियो । भारतको यो मिसन सफल भएमा चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!