Samajik Feed – News Portal from Nepal

वडाअध्यक्ष गाजासहित पक्राउ

१८ बैसाख ,जनकपुर। मकवानपुरको नगरपालिका -७ का वडाध्यक्ष शिवराज थिङ गाजासमेत फेला परेका छन् ।सोमबार बिहान ८ बजेको समयमा वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले गाँजासमेत पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दिएका छन् ।सोमबार बिहान नगरपालिका-७ का ७६ वर्षीय भीमबहादुर […]

सशस्त्र प्रहरी सादा पोसाकमा परिचालन हुन नपाउने

काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरीलाई सादा पोसाकमा परिचालन हुन रोक लगाइएको छ । सशस्त्र प्रहरी बलले मातहतका कार्यालयहरूलाई परिपत्र गरी सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको हो । सादा पोसाकमा प्रहरी परिचालन हुँदा समस्याहरू देखिने गरेकाले यस्तो निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले बताएका छन् । विभिन्न गुनासाहरू आएकाले सादा […]

आज जानकी नवमी मनाइँदै

सामाजिक फिड-जनकपुरधाम , वैशाख १६ गते । आदर्श नारी सीताको आजकै दिन जन्म भएको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । जसलाई जानकी जन्म महोत्सव पनि भनिन्छ । जानकीको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ । जानकी नवमीको […]

सिन्धुलीमा कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु

रासस-सिन्धुली, चैत २९ गते । गएराति बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गएराति १२ ः ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर […]

निजी क्षेत्रको भ्रष्टाचार हेर्ने अधिकार अब अख्तियारलाई

२८ चैत, जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले निजी क्षेत्रको भ्रष्टाचार हेर्ने अधिकार पाएको छ। जसमा बैंक, वित्तीय संस्था, बीमा, मेडिकल कलेज, कलेज, अस्पताल र सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनीहरू पर्छन् । राष्ट्रिय सभाले सार्वजनिक संस्थाको परिभाषा फराकिलो बनाउँदै अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्रलाई समेटेको छ । राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

१ खर्ब ४ अर्ब रेमिट्यान्स, एक महिनामा भित्रियो

२८ चैत, जनकपुर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ । फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ […]

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । नेपाली सेनाले विभिन्न पदका भर्ना खोलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राडरप्राविधिकरहवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन […]

फेरि बढ्दै कोरोना जोखिम, रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

सामाजिक फिड-जनकपुरधाम, चैत १४ गते । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो। मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना […]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

सामाजिक फिड– जनकपुरधाम, चैत १४ गते । आज बिहान उदाउँसो सूर्यलाई अर्घ्य दिइ चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । चारदिनसम्म मनाइने छठ पर्वको आजको समापन दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो […]

धनुषामा दुई ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत ११ गते । धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जादैँगरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नं.को ट्रक एकआपसमा शनिबार बिहान ठोकिएको हो । दुर्घटनामा ना ६ ख ६५७८ को […]