Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ११ गते ।

धनुषामा दुई ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जादैँगरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–००१ ख ९२९२ नं.को ट्रक एकआपसमा शनिबार बिहान ठोकिएको हो ।

दुर्घटनामा ना ६ ख ६५७८ को चालक सुनसरीको ईनर्वा बस्ने २८ वर्षीय सागर चौधरी, सोही ट्रकका सह–चालक सुनसरी भरौल ६ का ३० वर्षीय अर्जुन चौधरी र प्र १–०२–००१ ख ९२९२ सह–चालक मोरङ बेलवारी नगरपालिका ८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार प्र १–०२–००१ ख ९२९२ को चालक जिल्ला सर्लाहि बागमति नगरपालिका ११ का २० वर्षीय नारायण श्रेष्ठ गम्भीर घाइते भका छन् । दुबै ट्रकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *