Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरीलाई सादा पोसाकमा परिचालन हुन रोक लगाइएको छ । सशस्त्र प्रहरी बलले मातहतका कार्यालयहरूलाई परिपत्र गरी सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिएको हो ।

सादा पोसाकमा प्रहरी परिचालन हुँदा समस्याहरू देखिने गरेकाले यस्तो निर्देशन दिएको सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्यालले बताएका छन् ।

विभिन्न गुनासाहरू आएकाले सादा पोसाकमा परिचालन हुन राेक लगाइएको पनि उनले बताए । यद्यपि कुनै अपरेसन गर्नु परेको खण्डमामा भने स्वीकृति लिएर मात्र सादा पोसाकमा प्रहरी परिचालन गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *