सामाजिक फिड-
जनकपुरधाम , वैशाख १६ गते ।
आदर्श नारी सीताको आजकै दिन जन्म भएको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।
जसलाई जानकी जन्म महोत्सव पनि भनिन्छ । जानकीको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ । वैशाख शुक्ल नवमीको दिन जानकी नवमीको रुपमा मनाइन्छ ।
जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।
सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी मन्दिरले जानकी नवमीको अवसरमा केही औपचारिक धार्मिक कार्यक्रम समेत आयोजन गरेको छ ।