१८ बैसाख ,जनकपुर। मकवानपुरको नगरपालिका -७ का वडाध्यक्ष शिवराज थिङ गाजासमेत फेला परेका छन् ।
सोमबार बिहान ८ बजेको समयमा वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले गाँजासमेत पक्राउ गरेको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले दिएका छन् ।
सोमबार बिहान नगरपालिका-७ का ७६ वर्षीय भीमबहादुर थिङ, वडाध्यक्ष शिवराज थिङ र ६७ वर्षीय ईन्द्रबहादुर थिङ पक्राउ परेका हुन् ।
इन्द्रबहादुरको घरमा जाँच गर्दा १७५ किलोग्राम र बाकी दुइ जना शिवराज थिङ र भीमबहादुर थिङको घरमा पनि जाँच गर्दा ३० वटा पोकामा २७ किलो गाँजाको धुलो प्रहरीले फेला पारेका छन् भन्ने जानकारी प्रवक्ता कार्कीले दिएका छन्।
लागुऔषध गाँजासमेत पक्राउ परेका ३ जनालाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वडाअध्यक्ष गाजासहित पक्राउ