Samajik Feed – News Portal from Nepal

२८ चैत, जनकपुर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ। जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीबाट एक महिनाको अवधिमा १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ ।

फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाह १४.८ प्रतिशतले बढेको छ । अब यस्तो रकम ६ अर्ब ९ करोड पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *