Samajik Feed – News Portal from Nepal

सामाजिक फिड

जनकपुरधाम, चैत १४ गते ।

आज बिहान उदाउँसो सूर्यलाई अर्घ्य दिइ चैती छठ पर्व विधिवत सम्पन्न भएको छ । चारदिनसम्म मनाइने छठ पर्वको आजको समापन दिनलाई पारन पनि भन्ने गरिन्छ । अर्घ्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । हिजो साँझ अस्ताउँदो सूर्य अर्थात दिनानाथलाई अर्घ्य दिइएको थियो ।

चारदिनसम्म अत्यन्त नियम निष्ठासाथ भगवान सूर्यदेवको उपासना गरी मनाइने चैती छठको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन दिनभरि उपवास बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’, तेस्रो दिनअर्थात् षष्टि तिथिमा निराहार उपवास बसेर साँझ अस्ताउँदो सूर्यलाई जलासयमा स्नान गरी उभेर अर्घ्य दिइन्छ, जसलाई ‘सझुका अरख’ भनिन्छ ।

अर्घ्यमा ठकुवा, भुसुवा, मुला, उँखु, भण्टा, ठकुवा, भुसवा, केरा, नरिवल लागायतका सामग्री प्रसादको रुपमा चढाइन्छ । चैती छठ गर्दा हरेक मनोकाङ्क्षा पूरा तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

केही वर्ष पूर्वसम्म मारबाडी समुदायका केही व्यक्तिहरुले मात्र मनाउने गर्दथे । तर वर्षेनी यो पर्व मनाउनेहरुको संख्यामा वृद्धि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!