Samajik Feed – News Portal from Nepal

भू-उपयोग नियमावली पास, जग्गा कित्ताकाट खुल्ने

काठमाडाैँ, ३० साउन । मन्त्रिपरिषद्ले भू-उपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली संशोधन पारित गरेपछि लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुल्ने भएको छ । नियमावली संशोधनसँगै अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । जग्गाको कित्ताकाट रोकिएका कारण मुलुकको आर्थिक गतिविधि नै सुस्त […]

धनुषाका सिडिओ काशीराज दहालको सरुवा, चक्रपाणि पाण्डे आउँदै

सामाजिक फीड-जनकपुरधाम, साउन ३० गते । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । उनीसहित सप्तरी, चितवन र नुवाकोटका प्रमुख जिल्ला अधिकारीको पनि गृहमन्त्रालयले सरुवा गरेको हो । धनुषाका सिडिओ काशीराज दहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरेको छ । उनको ठाउँमा अब धनुषाको सिडिओमा कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई पठाएको छ […]

कक्षा १२ को रिजल्ट सार्वजनिक

सामाजिक फीडजनकपुरधाम, साउन ३० गते । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो। नतिजा भने केहीबेरमा अपलोड हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब […]

मुगुमा जिप दुर्घटना, पाँच जनाको मृत्यु

मुगु, ३० साउन । मुगुमा भएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग. १ ज ७७६२ नम्बरको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो । दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पिउस परियार र सोरु गाँउपालिका–५ का वडा […]

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौँ, ३० साउन । कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको छ। प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुने उनले बताए । नेपाल टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी र वेबसाइटमार्फत् परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ । samajik_feedsamajikfeed.com

सप्तरी नदीमा ३४ वर्ष यताकै उच्च बाढी, ५६ वटै ढोका खोलियो

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । सप्तरी र सुनसरीको सीमा भएर बग्ने सप्तकोशी नदीमा उच्च बाढी आएको छ । यो बाढी ३४ वर्षपछिकै उच्च मापन गरिएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी […]

आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन २६ गते । आज पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालनजिक रहनुका साथै भारतको बिहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालको प्रभावका कारण भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम […]

सर्लाही र रौतहटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन २३ गते । रौतहट र सर्लाहीमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। रौतहटको गढीमाई नगरपालिका-२ समनपुरमा खेतबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा ६५ वर्षीय सहिद भाटको मृत्यु भएको हो। यसैगरी सर्लाहीको हरिपुर्वा नगरपालिकाको वसन्तपुर गाउँका ६० वर्षीय भोला चौधरीलाई बाके खोलाले बगाएर लगेकोमा दिउँसो शव भेटिएको जिल्ला प्रहरी कार्यालय […]

मधेशका युवाहरू काठमाडौंमा खोले ‘मधेश पुस्तकालय’

सामाजिक फीड-जनकपुरधाम, साउन २० गते । मधेशका युवाहरूको एक समूहले काठमाडौंमा मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका छन् । काठमाडौंको आलोकनगरमा उनीहरूले आजदेखि मधेश पुस्तकालय तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याएका हुन् । पुस्तकालयमा मधेश, देश र विश्व अनि विभिन्न क्रान्ति, संघर्ष र दर्शनसँग सम्बन्धित किताबहरू राखिएका छन् । यसका लागि किताब र आर्थिक सहयोग […]

मधेश प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन १९ गते । मधेश प्रदेशमा भोलिदेखि पानी पर्ने सम्भावना बढेको छ । मनसुनी रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले तराई मधेशका जिल्लाहरुमा पनि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । मधेश प्रदेशमा पनि पानी पर्ने सम्भावना रहेको बताउँदै उनले भने, ‘भोलिदेखि मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा र एक–दुई […]