सामाजिक फीड-
जनकपुरधाम, साउन ३० गते ।
धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । उनीसहित सप्तरी, चितवन र नुवाकोटका प्रमुख जिल्ला अधिकारीको पनि गृहमन्त्रालयले सरुवा गरेको हो ।
धनुषाका सिडिओ काशीराज दहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरेको छ । उनको ठाउँमा अब धनुषाको सिडिओमा कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई पठाएको छ ।
सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवन, चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोट सरुवा गरेको हो ।
नुवाकोटका सिडिओ किरण थापालाई सप्तरी जिल्लामा सिडिओको जिम्मेबारीमा सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ ।