सामाजिक फीड
जनकपुरधाम, साउन ३० गते ।
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ।
गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो। नतिजा भने केहीबेरमा अपलोड हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।
गत वर्ष कक्षा १२ मा ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए।
लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।