मुगु, ३० साउन । मुगुमा भएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग. १ ज ७७६२ नम्बरको जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी हुम्ला सर्केगाड–२ रिपगाउँका राम परियार, प्रकाश बोहरा, राम परियार, पिउस परियार र सोरु गाँउपालिका–५ का वडा सदस्य लोकजङ्ग नेपालीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते सोरु–७ का चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु–६ का सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उदीप बोहराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । जिप दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।